मुख्य समाचार

जाँतेका ३४ वर्षीय पुरुष बलात्कार आरोपमा पक्राउ

जाँतेका ३४ वर्षीय पुरुष बलात्कार आरोपमा पक्राउ


लेटाङ, २१ साउन । मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ–९ स्थित दिदी–भिनाजुको घरमा बस्दै आएकी महिलालाई सोही स्थानमा बस्ने ३४ वर्षीय आदित्य भन्ने गंगा बहादुर गुरुङले पीडित बसेकै घरको कोठामा लगी उनको इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप छ। घटनाबारे पीडितबाट इलाका प्रहरी कार्यालय लेटाङमा जाहेरी परेपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङलाई जबरजस्ती करणीसम्बन्धी मुद्दा कसुरमा पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

शेयर गर्नुहोस :

0
Shares