Banner news

‘भ्रष्टाचार गर्दिनँ’ भनेर लिखित प्रतिबद्धता जनाउनेलाई मात्रै टिकट दिने – हर्क साम्पाङ

‘भ्रष्टाचार गर्दिनँ’ भनेर लिखित प्रतिबद्धता जनाउनेलाई मात्रै टिकट दिने – हर्क साम्पाङ


झापा – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ‘भ्रष्टाचार गर्दिनँ’ भनेर लिखित प्रतिबद्धता जनाउनेलाई मात्रै पार्टीबाट  टिकट दिइने बताएका छन् ।

झापाको अर्जुनधारामा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साम्पाङले उम्मेदवार छनोटअघि नै भ्रष्टाचार नगर्ने कागज गराउने बताएका हुन् ।

‘जसले म भ्रष्टाचार गर्दिनँ भनेर कागजमा सहीछाप गरेर मलाई दिन्छ, उसले मात्रै टिकट पाउँछ,’ उनले भने ।

भ्रष्टाचार गरेको प्रमाणित भए पार्टीले नै पहिलो चरणमा कारबाही गर्ने र त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाउने उनको भनाइ छ ।

भ्रष्टाचार गर्ने नेता-कार्यकर्तालाई सार्वजनिक रूपमै कारबाही गरिने चेतावनी दिँदै साम्पाङले भने, ‘यदि भ्रष्टाचार गर्‍यो भने चोकमा लगेर जुत्ताको माला लगाएर श्रमिकदाता मतदाताले मोसो दल्नेछन् ।’

राजनीतिक दलका नेता-कार्यकर्तामा भ्रष्ट प्रवृत्ति मौलाएको भन्दै उनले आफ्नो पार्टीका उम्मेदवारलाई भ्रष्टाचार नगर्ने ग्यारेन्टीपछि मात्रै टिकट वितरण गरिने बताए ।

शेयर गर्नुहोस :

0
Shares