Banner news

बिर्तामोडमा ग्यासका लागि विहान ९ बजेदेखि लाइनमा

बिर्तामोडमा ग्यासका लागि विहान ९ बजेदेखि लाइनमा


बिर्तामोड । खाना पकाउने ग्यासको अभावले सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गइरहेको छ । आधा सिलिण्डर ग्यास चलाउदै आएका उपभोक्ताहरु केही समययता ग्यासको अभाव भोगिरहेका छन् ।

झापासहित देशभर ग्यास अभावका कारण उपभोक्ताहरु घण्टौंसम्म लाइनमा बसेर जोहो गर्न बाध्य भएका छन् । बिर्तामोड – ५ किराँत चोकमा आज विहान ९ बजेदेखि ग्यास लिन उपभोक्ताहरुको लाइन लागेको थियो । कोशी ग्यासका उपभोक्ताहरुले ५ सय सिलिण्डर आउने खवर पाएपछि उपभोक्ताहरु विहानैदेखि लाइन लागेका हुन् । लाइनमा युवा, महिला, वृद्धवृद्धाहरुसमेत घण्टौंदेखि ग्यास पाइने आशाले बसेको छन् । ग्यास अभावका कारण दहि चिउरा खानुपर्ने परिस्थित आएको उपभोक्ताहरुको भनाई थियो ।

विहानदेखि लाइनमा बसेका उपभोक्ताहरुलाई अहिले ग्यास वितरण सुरु गरिएको छ । ग्यास सिलिण्डरमा नम्बर लगाएर लाइनका आधारमा वितरण सुरु गरिएको जनाइएको छ । साढे ५ बजे ग्यास बोकेको ट्रक आएपछि उपभोक्ताहरुले दिनभरको पर्खाइ सार्थक भएको प्रतिक्रिया दिए । उपभोक्ताहरुले सरकारले ग्यासको सहजताका लागि आवश्यक पहल गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

झापामा मेची, पराजुली, पाथीभरा र कनकाई ग्यास उद्योग सञ्चालनमा रहेका छन् । जिल्लामा कोशी, त्रिशक्ति, प्रिमा र सुविधा लगायतका कम्पनीका ग्यास आउने गरेको छ । विभिन्न कम्पनीका डिलरमा ग्यास ल्याएको थाहा पाएपछि उपभोक्ताको भीडभाड लागिरहेको छ ।

 

शेयर गर्नुहोस :

135
Shares