काठमाडौं, २४ साउन । गगन थापा नेतृत्वको नेपाली कांग्रेस क्रियाशील सदस्य ८ लाख पुगेको दावी गरिएको छ।
सानेपामा आज देखी सुरू भएको केन्द्रीय समिति बैठकमा महामन्त्री प्रदिप पौडेलले क्रियाशील सदस्य ८ लाख पुगेको जानकारी गराएका हुन् ।
‘नेपाली कांग्रेसका पार्टी क्रियाशील सदस्यता ८ लाख पुगेको छ,’ सभापति थापाले केन्द्रिय समितिमा जानकारी दिदैँ भने ।
क्रियाशिल सदस्यता नविकरणका काममा केही प्राविधिक कठिनाइ भए पछि वडा अधिवेशनलगायत अधिवेशन तालिका हेरफेर गर्ने तयारी गरिएको केन्द्रिय समितिमा जानकारी गराइएको छ।
तर, सभापति थापाले १५ औं केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि नै सुरू हुने बताएका छन । उनका अनुसार पार्टीका सबै पक्षलाई समेटेर १५ औं महाधिवेशन निष्पक्ष तवरले गरिनेछ ।







प्रतिक्रिया