काठमाडौं, २५ साउन । अर्जेन्टियन महान खेलाडी डियोगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ खेलमा प्रयोग भएको बल अमेरिकामा लिलामीका गरिने भएको छ।
यही त्यही बल हो, जसलाई म्याराडोनाले सोही खेलमा तथाकथित ‘गोल अफ द सेन्चुरी’ अर्थात ‘शताब्दीकै उत्कृष्ट गोल’ गर्न प्रयोग गरेका थिए, उक्त गोलमा उनले गोलकिपरलाई छक्याएर गोल गर्नु अघि इङ्ल्यान्डका धेरै डिफेन्डरहरूलाई ड्रिबल गर्दै पछि पारेका थिए।
सन् १९८६ को विश्वकपमा इङ्गल्याण्डविरुद्ध अर्जेन्टिनाको जितका क्रममा डिएगो म्याराडोनाले आफ्नो चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्न प्रयोग गरेको फुटबल यसै महिना अमेरिकामा हुने लिलामीमा १ करोड अमेरिकी डलरमा बिक्री हुने अपेक्षा गरिएको छ।

‘एस्ताडियो एज्टेका’ मा भएको क्वार्टर फाइनल खेलमा म्याराडोनाले मुड्कीले हिर्काएर इङ्गल्याण्डका गोलकिपरलाई छक्याउँदै उक्त गोल गरेका थिए र अन्ततः दक्षिण अमेरिकी टोली २-१ ले विजयी भएको थियो। खेलपछि, अर्जेन्टिनी स्टारले भनेका थिए कि उनको गोल ूकेही हदसम्म म्याराडोनाको टाउको र केही हदसम्म ईश्वरको हातू को मद्दतले गरिएको थियो। त्यसपछि उनको देशले विश्वकप जित्यो।
टेक्सासस्थित ‘हेरिटेज अक्सन्स’ले अगस्ट २१ देखि २३ सम्म लिलामीमा राखिने उक्त बलको मूल्य आठ अंकको अर्थात करोडौं डलरहुने अपेक्षा गरेको छ, यसको सुरुवाती बोलकबोल २.५ मिलियन अमेरिकन डलर तोकिएको छ। हेरिटेज अक्सन्सका खेलकुद विभागका उपाध्यक्ष ड्यान इमलरले भने, ‘मलाई लाग्छ कि फुटबलको दुनियाँमा यो पक्कै पनि सबैभन्दा ऐतिहासिक बल हो।’
इमलरले भने, ‘यसवाट गरिएका दुवै गोलहरू अत्यन्तै प्रतिष्ठित र अविस्मरणीय छन्।’
नोभेम्बर २०२० मा निधन भएका म्याराडोनाले अर्जेन्टिना र इङ्गल्याण्डबीचको उक्त भिडन्तमा लगाएको जर्सीको नाममा हाल सबैभन्दा महँगो फुटबल जर्सीको कीर्तिमान कायम छ, जसको मूल्य ९.३ मिलियन अमेरिकन डलर रहेको छ।
परम्परागत प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्गल्याण्डबीचको तनाव यस वर्षको विश्वकपको सेमिफाइनलमा पुनः चर्किएको थियो, जहाँ दक्षिण अमेरिकी टोली विजयी भएको थियो तर पछि फाइनलमा पराजित भयो। राजनीतिक रूपमा फल्कल्याण्ड टापुहरूलाई लिएर यी दुई पक्षबीच सार्वभौमिकताको लामो समयदेखिको विवाद रहँदै आएको छ।







प्रतिक्रिया