Banner news

झापाका १२० सहकारी संस्था निष्क्रिय

झापाका १२० सहकारी संस्था निष्क्रिय


झापा । कोशी प्रदेशमा ४५० वटा सहकारी संघसंस्था निष्क्रिय रहेको पाइएको छ । प्रदेशका निष्क्रिय संस्थामध्ये झापा जिल्लामा सबैभन्दा बढी १२० वटा संस्था निष्क्रिय रहेको पाइएको हो ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयले निष्क्रिय संघसंस्थाको विवरण सार्वजनिक गरेको हो ।

जसमा मोरङमा ७३ वटा, सुनसरी ४९ वटा निष्क्रिय संस्थाको नाम सार्वजनिक गरेको छ । त्यसैगरी इलामका ३९, ताप्लेजुङका ९, संखुवासभाका १२, सोलुखुम्बुका ११, धनकुटा १८, तेह्रथुम २२, पाँचथरका २०, भोजपुरका १७, ओखलढुङ्गा २३, खोटाङ १२ र उदयपुरका २५ वटा संस्थाको नाम सावैजनिक गरेको छ ।

कार्यालयको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघसंस्थाहरूले प्रदेश सहकारी ऐन, २०७६ को दफा ६० को उपदफा (१) बमोजिम बुझाउनु पर्ने विवरण लगातार २ वर्षसम्म नबुझाएको जनाएको छ । सूची सार्वजनिक भएको मितिले ३५ दिनभित्र कार्यालयले तोकेको कागजात संलग्न राखि अद्यावधिक गराउन कार्यालेले भनेको छ ।

सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ३३ वटा सहकारी संस्थाले विवरण बुझाएका छैनन् । बिर्तामोडमा समाजसेवी बहुउद्देश्यीय, पूर्णिमा कृषि, कामाक्ष समृद्धि बहुउद्देश्यीय, मयुर बचत तथा ऋण, स्वर्गिक बचत तथा ऋण, रोचक कृषि, न्यू जनता बचत तथा ऋण, रिद्धि विनायक बचत तथा ऋण, शुभलाभ बचत तथा ऋण र सिद्धार्थ बचत तथा ऋण सहकारीले विवरण बुझाएका छैनन्।

त्यसैगरी सहयोगी महिला कृषि, संघीय बचत तथा ऋण, गुरू कल्याण बचत तथा ऋण, शुभकामना महिला बचत तथा ऋण, तरकारी तथा फलफूल सहकारी, जिल्ला जडिबुटी सहकारी संघ, एक्सिस बचत तथा ऋण, प्रगतिनगर बचत तथा ऋण, सम्पन्न बचत तथा ऋण, कन्काई विद्यार्थी बचत तथा ऋण, व्यापारी कल्याण बचत तथा ऋण, भिजन कृषि, हाम्रो भेटेनरी सेवा, देवकोटा लघु उद्यम कृषि, गरिबी न्यूनीकरण बचत तथा ऋण, अमूल्य आवास उपभोक्ता, बिर्तामोड बचत तथा ऋण, शिखर बचत तथा ऋण, देउराली बचत तथा ऋण, त्रिनेत्र बहुउद्देश्यीय, उत्तरदायित्व बचत तथा ऋण, माँ माहेश्वरी बचत तथा ऋण र रोलू सहकारी संस्था पनि सूचीमा परेका छन् ।

भद्रपुर नगरपालिकाका १२ वटा सहकारीले विवरण नबुझाएको पाइएको छ । जसमा नव प्रभात बचत तथा ऋण, पहिलो पाइला बहुउद्देश्यीय, शुभ साईत बचत तथा ऋण, पूर्व कर्मचारी समाज बचत तथा ऋण, जनसेवक बचत तथा ऋण, पारिवारिक कृषि, ऐचो पैचो बचत तथा ऋण, कुमारी बचत तथा ऋण, बहुउद्देश्यीय सहकारी संघ, बागमती कृषि, शिक्षक मैत्री बचत तथा ऋण र भिमनगर समृद्धि बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

बुद्धशान्ति गाउँपालिकाका १२ वटा सहकारीहरूमा जयपुर बहुउद्देश्यीय, नमूना तरकारी तथा फलफूल उत्पादक, शान्ति आदर्श बचत तथा ऋण, फलदायी कृषि, सुपारी सहकारी संघ, बाँस उद्यम बचत तथा ऋण, अविनाश जडिबुटी उत्पादक तथा सहकारी, दिव्य दृष्टि बचत तथा ऋण, सालोग पशुपालन, ब्रहै शान्ति जागरण कृषि, प्राकृतिक रबर कृषि र सुकर्म बचत तथा ऋण सहकारी रहेका छन् ।

कमल गाउँपालिकाका ११ वटा सहकारी विवरण नबुझाउने सूचीमा छन् । जसमा समृद्धजन कृषि, कमल कृषि, नेपाल दूग्ध उत्पादक सहकारी (खाराङपाडा), मंगलमय बचत तथा ऋण, त्रिवंगा कृषि, माछापुच्छ्रे कृषि, सबैको बचत तथा ऋण, रत्नपुर बचत तथा ऋण, नेपाल दूग्ध उत्पादक सहकारी संघ, नेपाल दूग्ध उत्पादक सहकारी (मजुराभिट्टा) र नौतारा महिला कृषि सहकारी रहेका छन् ।

मेचीनगर नगरपालिकाका ९ वटा सहकारीहरू मितेरी बचत तथा ऋण, फक्ताङलुङ बहुउद्देश्यीय, शुभदीप बचत तथा ऋण, परिकल्पना कृषि, पूर्व ज्योती बहुउद्देश्यीय, उत्तरगंगा सुपारी, किसान जागरण अभियान कृषि, बहुमुखी सहकारी र हिन्दुगढ व्यवसायिक कृषि रहेका छन् ।

दमक नगरपालिकाका ८ वटा सहकारीमा कृषि विकास बहुउद्देश्यीय, जिल्ला उपभोक्ता सहकारी संघ, स्वर्गपुरी बचत तथा ऋण, मजबुत बचत तथा ऋण, नवरत्न बचत तथा ऋण, दर्पण बचत तथा ऋण, क्लिनर कृषि र भाग्यशाली बचत तथा ऋण सहकारी संस्था परेका छन् ।

गौरादह नगरपालिकाका ८ वटा सहकारीमा दामुना बचत तथा ऋण, नेपाल दूग्ध उत्पादक सहकारी, क्रियाशील सामुदायिक महिला कृषि, घोपाली कृषि, ग्वालमुनी कृषि, गौमाता कृषि, विराटकृष्ण समृद्धि बहुउद्देश्यीय र मुरई तथा झल्ला उत्पादक सहकारी रहेका छन् ।

अर्जुनधारा नगरपालिकाका ७ वटा सहकारीहरूमा परिश्रमी कृषि, मां कालिका दूग्ध, मुना मदन बचत तथा ऋण, व्यावसायिक सहायता बचत तथा ऋण, सिंहदेउरी सुपारी उत्पादन तथा प्रशोधन, परिस्कृत कृषि र तपाई हाम्रो कृषि सहकारी संस्था रहेका छन् ।

कन्काई नगरपालिकाका ५ वटा सहकारीमा जनता बहुमुखी, लक्ष्मीपुर कृषि, न्यू सिद्धकाली स्वास्थ्य, समन्यायिक बचत तथा ऋण र सूर्य कृषि सहकारी रहेका छन् भने बाह्रदशी गाउँपालिकाका ४ वटा सहकारीहरूमा आशिर्वाद कृषि, युवा स्वरोजगार कृषि, सिद्ध समृद्धि बहुउद्देश्यीय र हाम्रो प्रजापति कृषि सहकारी संस्था रहेका छन् ।

यस्तै हल्दीबारी गाउँपालिकाका ३ वटा (मित्रता कृषि, जनज्योति बचत तथा ऋण र उत्कृष्ट बचत तथा ऋण), गौरीगंज गाउँपालिकाका ३ वटा (गौरीगंज बचत तथा ऋण, नीलगिरी स्वयम् सामता अपाङ्ग कृषि र सहकारी संस्था लि.), कचनकवल गाउँपालिकाका ३ वटा (संगती कृषि, धरधरे समृद्धि बहुउद्देश्यीय र उत्तरसर माछा उत्पादन) तथा शिवसताक्षी नगरपालिकाका २ वटा (बी पी बहुउद्देश्यीय र भाग्योदय बचत तथा ऋण) सहकारी संस्थाहरूले पनि कानुनी बमोजिमको विवरण बुझाएका छैनन् ।

नियमित रूपमा वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदन र साधारण सभाको विवरण नबुझाउने यी सहकारीहरूमाथि ऐन बमोजिम नियमन तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सूची सार्वजनिक गरिएको रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares