धनगढी, २९ साउन। सुदूरपश्चिम सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बिच भएको सहमति अनुसार बहुमत जुटाए पछि नेकपा संसदीय दलका नेता भट्ट आज मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज बिहान ११ बजेसम्मको समय दिएका थिए, सोही अनुसार भट्टले भावी मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । तर, भट्टबाहेक अरू कसैका दावी पेश नभए पछि उनी निर्बिरोध रूपमा मुख्यमन्त्रीमा चयन भएका हुन । सुदूरपश्चिममा नेकपा २२ सिट सहित सबैभन्दा ठुलो दल र साथ एमालेको ११ सिट भए पछि उनले स्पष्ट बहुमत जुटाउन सफल भएका हुन ।
प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए ।
सत्ता साझेदार दल एमालेसँग सल्लाह गरेर आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी आफु रहेको भट्टले जानकारी दिएका छन ।







प्रतिक्रिया