मुख्य समाचार

बरामद समानसहित पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

बरामद समानसहित पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौं, २९ साउन। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

गत बुधवार पक्राउ परेका पत्रकार श्रेष्ठको रिहाइका लागि पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो ।

श्रेष्ठको निवासबाट बुधवार राती निवासवाट, बिहिवार बिहान जनआस्था कार्यालय, झम्सीखेल र बिहिवार साँझ बागडोल, नख्खुवाट प्रहरीले बरामद गरेका सामानसहित अदालतमा उपस्थित गराउन सर्वोच्चले आज आदेश दिएको हो ।

पत्नि श्रेष्ठले दाय गरेको रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडाललगायतले बहस गरे पछि अदालतले सो आदेश दिएको हो ।

शेयर गर्नुहोस :

108
Shares