Banner news

एमाले अध्यक्ष ओली गृहजिल्ला झापा आउँदै

एमाले अध्यक्ष ओली गृहजिल्ला झापा आउँदै


बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापा आउने भएका छन् ।

अध्यक्ष ओली शनिबार बिहानको पहिलो उडानमार्फत काठमाडौंबाट झापा प्रस्थान गर्न लागेको एमाले स्रोतले जनाएको छ । २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको चुनावपछि अध्यक्ष ओली पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् ।

झापामा अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्नुका साथै विभिन्न कार्यक्रमहरूमा सहभागी हुने बताइएको छ । शनिवार झापा आएर दिउँसो इलामको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस्तै, आइतवार बिर्तामोडमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष ओलीको झापा भ्रमणलाई राजनीतिक रूपमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ । गृहजिल्लामा उनको उपस्थितिले पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares