Banner news

देउवा समुहको भेला आज पनि जारी रहने

देउवा समुहको भेला आज पनि जारी रहने


काठमाडौं, ३० साउन। नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज पनि जारी रहने भएको छ ।

हिजो देखी मिराकल पार्टी प्यालेस, सुकेधारमा सुरू भएको भेला आज पनि जारी रहने भएको हो । सो कार्यक्रममा बिहान ११ः०० बजे देखी सुरू हुनेछ ।

प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार सो भेला भोलीसम्म सञ्चालन हुनेछ । सो भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन ।

सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिए पछि देउवा समूह पछिल्लो समय झनै उत्साहित बनेको छ भने पाँच महिना बिदेशमा रहेका देउवा बिहिवार सोही भेलाका लागि स्वदेश फर्किएका छन्।

सो भेलामा उपस्थित प्रतिनिधिलाई तीन मिनेटको समय दिइएको छ भने सोही भेलाले कम्तिमा १४ वटा उपसमितिहरूको चयन गर्ने जनाइएको छ । सो भेला तीन अर्थात साउन ३१ सम्म चल्नेछ ।

शेयर गर्नुहोस :

0
Shares