Banner news

इलामबाट ओलीका नौं सन्देश

इलामबाट ओलीका नौं सन्देश


प्रदीप परियार

झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फागुन २१ को निर्वाचनपछि पहिलो पटक शनिवार गृह जिल्ला झापा ओर्लिए । पाँच महिनापछि भद्रपुर विमानस्थलमा ओर्लिएका ओली सिधैं इलामको फिक्कलतिर लागे ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्न इलाम पुगेका ओली आज मात्रै झापा फर्किदैछन् । झापामा जिल्ला पार्टीले बिर्तामोडमा आयोजना गरेको मिसन पार्टी जागरण अभियान –२०८३ लाई सम्बोधन गरेर अध्यक्ष ओली आजै काठमाडौं फर्किने तालिका छ ।

इलामको फिक्कलमा आयोजित बैठकमा अध्यक्ष ओलीले वर्तमान सरकारका क्रियाकलाप, पार्टीमा उठिरहेको रिफमका मुद्धा, जेनजी आन्दोलन र समाजका बारेमा विचार व्यक्त गरेका थिए ।

आफ्नो अभिभारा छोडेर भाग्ने वाला छैन
अध्यक्ष ओलीले पार्टीभित्र रिफमका नाममा अध्यक्ष हटाउने विषयका बारे प्रष्ट पार्नुभएको छ । पार्टीले धक्का खाएको बेला रिफमको मुद्धा जायज नभएको बताउदै देशभरका प्रतिनिधिहरुले पाँच वर्षका लागि केन्द्रीय कमिटी चयन गरेको स्पष्ट पार्नुभयो । महाधिवेशनले अर्को महाधिवेशनसम्मका लागि पार्टी सञ्चालनको जिम्मेवारी पाएको उहाँको भनाई थियो । महाधिवेशनमा अर्को पक्ष पनि थियो, तर प्रतिनिधिहरुले अत्याधिक मतसहित अध्यक्षमा मलाई विजयी गराउनुभयो । म पार्टी अप्ठ्यारोमा परेको बेला छोडेर भाग्न मिल्दैन, उहाँले भन्नुभयो – सजिलै अवस्था थियो भने सोच्न सकिन्थ्यो । सजिलोमा भए चलाउथें, यो अप्ठ्यारोमा जिम्मेवारीको झोला फ्याकेर भाग्छु भन्नेवाला छैन ।

पार्टीभित्र अराजकता बढ्यो
पार्टीभित्र पछिल्लो समय अनुशासनहिनता र अराजतकता बढेकोमा चिन्ता प्रकट गर्नुभयो । अब यसरी पार्टी चल्न सक्दैन, पार्टीमा बस्नेहरुले पार्टीको विधि मान्नैपर्छ । अराजकता देखाए विधान बमोजिम कारबाही गरिन्छ । पार्टी विग्रिएला कि सक्किएला भन्ने नसोच्न आग्रस समेत गर्नुभयो ।
पार्टीलाई दृढ अनुशासन र एकतावद्ध बनाएर लैजाने उहाँको भनाई थियो । पार्टीमा केही मान्छेहरुलाई सम्झाएर अघि बढ्छौं । पार्टीमा बसेर मनपरीतन्त्र चल्दैन, जे मन लाग्यो त्यै स्टाटस लेख्ने काम अब हुदैन । पार्टीमा बस्नेले पार्टीको अनुशासन मान्नुपर्छ । कुनै पनि संस्थामा काम गर्नेहरुले त्यहाँको अनुशासन मान्नुपर्छ । त्यसरी पार्टीमा बस्नेहरुले पनि अनुशासन मान्न आवश्यक छ ।

केही दम छैन
अध्यक्ष ओलीले पार्टीको क्यानटिनमा बसेर केही आवाराहरुले अध्यक्ष हटाउने विषयमा छलफल गर्ने गरेको बताउनुभयो । अध्यक्ष हटाउने विषय ख्याल ठट्टा हो ? प्रश्न गर्दै भन्नुभयो – आफ्नो पार्टी सदस्यता छ कि छैन, उरण्ठेउलाहरु भेला भएका छन् । पार्टी अध्यक्ष हटाऔं भन्दै कुरा गरिररहेको मैले पनि सुनिरहेको छु । क्यान्टिमा बसेर ए बैनी चिया बनाऊ, खै एउटा समुसा पनि देऊ भन्या छ । चिया समुसा खाँदै अध्यक्ष अटाइदिऊ भन्या छ, कहिले हटाइदिऊ ? भन्या छ, त्यसको ओलीले कडा प्रतिवाद गर्नुभयो । कोही अध्यक्ष हटाउन हस्ताक्षर गर्दै हिडेको भन्दै उहाँले भन्नुभयो – यसका पछाडि पनि केही दम छैन ।
विरोधीले तिब्र प्रहार गरेको बेला, झेल्न मुस्किल परिरहेको बेला, सिंगो पार्टी एकतावद्ध भएर सामना गर्नुपर्ने ठाउँमा अध्यक्ष हटाउने कुरा औचित्यहिन रहेको उहाँको भनाई थियो । अहिलेका लागि अध्यक्ष हटाउने विषय औचित्यहिन छ ।

हलो अर्काको जोत्ने, भात यहाँको खाने ?
निर्वाचनमा पार्टी नबल्ने, भोट बदल्नेहरु नकचराहरुले लाजमर्दो काम गरेकोमा आक्रोस व्यक्त गर्नुभयो । २५ हजार पार्टी सदस्यता भएको ठाउँमा १८ हजार भोट खस्नुले इमान्दारिता नदेखिएको प्रष्ट पार्नुभयो । हामीले पार्टी सदस्यहरुलाई इमान्दार बनाउनु छ । पार्टीलाई माथि उठाउनु छ । अन्त भोट हाल्नेहरु एमालेको सदस्य हुन नसक्ने उहाँको भनाई थियो । हलो अर्काको जोत्ने, भात यहाँको खाने ? यस्तो मिल्दैन, उहाँले भन्नुभयो – पद एमालेको चाहिने, काम अर्काको गर्ने ? यस्तो अब मिल्दै मिल्दैन ।

नाच्नलाई डान्सर नै चाहिन्छ
अध्यक्ष ओलीले भन्नुभयो – सरकारका बारेमा धेरै केही भन्नुछैन, यो सरकारले जे गर्न सक्ने हो, त्यै गर्दैछ । धेरै कुरा के गर्नु ? नाच्नलाई नयाँ मान्छे खोजेर हुदैन, डान्सर नै चाहिन्छ । बच्चालाई भात पकाउन लगायो भने जान्दछ ? त्यस्तै हो । नयाँ भनेर हुन्न, जसको जहाँ अनुभव र योग्यता हुन्छ त्यहि काम गर्ने हो । नयाँ र पुराना भन्ने भाष्य स्थापित गरेर देशलाई बर्बादीको बाटोमा लगिदैछ । यसबारे आम जनता र पार्टी सदस्यहरुले बुझ्नपर्छ ।

संविधानलाई बाटोमा फर्काउनु छ
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान मिचिएकाले ठिक बाटोमा फर्काउनुपर्ने धारणा राख्नुभयो । संसद भंग गरेर कृतिम ढंगले, अनाधिकृत र असंवैधानिक सरकारले चुनावको नाटक गरेको आरोप लगाउनुभयो । प्रतिनिधिसभा किन भंग गरियो ? उहाँले भन्नुभयो – प्रतिनिधिसभाको ०८४ सम्म समय थियो । समय छँदाछँदै प्रतिनिधिसभा भंग गरेर अर्को संसद किन चाहियो ? सबै कब्जा गरेर उनीहरु आतंक मच्चाउन चाहन्थे । तर हामीले मानेनौं । हामीलाई घरबाट बाहिर निस्किन दिन चाहदैन थिए, पुराना पार्टी, पुराना नेतालाई बाहिर निस्कन दिन हुदैन भन्थे । हामीले टेरेनौं, कानुनी राजबारे ज्ञान नभएकाहरुले आफूलाई गिरफ्तार गर्ने पहिलो निर्णय गरे । १३ दिन गैरकानुनी हिरासतमा राखेंकोमा आक्रोस व्यक्त गर्दै उहाँले भन्नुभयो – यसरी सद्धे सरकारले थुन्छ ?
सद्धे सरकारले मात्रै संविधान, कानुन, सामाजिक मुल्य मान्यता मान्ने उहाँको धारणा थियो ।
विना कसुर पक्राउ गर्ने सरकारलाई अध्यक्ष ओलीले सद्धे नरहेको सज्ञा दिनुभयो ।

विदेशीको तालिमले देश जल्यो
जेनजी आन्दोलन अगाडि विदेशीहरुले नेपालमा आगो लगाउने, तोडफोड गर्ने तालिम दिएको बताउनुभयो । कांग्रेस, एमालेले चुनाव जित्ने भएपछि देशमा आगो लगाइएको उहाँको भनाई थियो । विदेशी एजेन्टहरुले तालिम दिएर देश खरानी बनाएको स्पष्ट पार्नुभयो । सिंहदरवार, संसद भवन, सर्वाेच्च अदालत, छानीटानी नेता, व्यापारीका घरमा आगो लगायो भने, आतंक मच्चाइयो भने सबै थर्कमान हुन्छन् र संविधान उल्टाउन सकिन्छ, त्यसपछि बन्ने कठपुतली सरकारले गर्ने निर्वाचनबाट देशै कब्जा गर्न सकिन्छ भन्ने योजना अनुरुप देशलाई खरानी बनाएको उहाँको भनाई थियो । नक्कली चुनावबाट सरकार बनाएको उहाँको दावी छ ।

नेपालविरुद्ध अनेक शक्तिहरु लागे
नेपालका विरुद्ध अहित सोच्ने शक्तिहरु अनेक ढंगले लागेको ओलीको आरोप छ । नेपाल गरिव रहिरहोस्, नेपाली जनता अर्काको देशमा कामदार मात्रै बनिरहुन् भन्नेहरुले नेपालविरुद्ध षडयन्त्र गरेको अध्यक्ष ओलीको भनाई थियो । नेपालमा अशान्ति, अराजकता मच्चाएर नेपालीलाई श्रमिक मात्रै बनाउने उनीहरुको योजना छ ।

रैती नबनौं
बैठकमा अध्यक्ष ओलीले फेरि रैती बन्न खोज्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो । रैतीबाट नागरिक बनायौं, दास युगबाट स्वतन्त्र बनाऔं, फेरि रैती किन हुनुपर्यो ? उहाँले भन्नुभयो – गलत बाटो रोज्ने काम नगरौं । देश राणा शासन, पञ्चायतपछि विकास भएको र नेपाली जनताको जीवनमा क्रमशः सुधार आइरहेको बताउनुभयो । हिजोभन्दा आज धेरै सुधार भइसकेको बताउँदै उहाँले देशको विकास देखेर नै विदेशीहरु समेत लागेर देश जलाएको बताउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares