Banner news

भारतीय सेनापतिले आज मानार्थ प्रधानसेनापतिका दर्ज्यानी ग्रहण गर्ने

भारतीय सेनापतिले आज मानार्थ प्रधानसेनापतिका दर्ज्यानी ग्रहण गर्ने


काठमाडौं, १ भदौं । भारतीय सेनाका प्रमुख धिरज सेठले आज मानर्थ प्रधानसेनापति ग्रहण गर्दैछन् ।

नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका भारतीय सेना प्रमुखले आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा मानर्थ राष्ट्रपतिको दर्ज्यानी ग्रहण गर्न लागेका हुन ।

आज राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएका छन्। नेपाल र भारतबिच एक अर्का देशका प्रधानसेनापतिलाई मानर्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहेको छ।

उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा हिजो नेपाल आएका हुन् । आज नै प्रधान सेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठ बिच दुई पक्षिय औपचारिक छलफल पनि हुनेछ ।

उनी पर्सी बुधवार मात्रै भारत फर्कने छन् ।

शेयर गर्नुहोस :

0
Shares