बिर्तामोड । झापा बिर्तामोडस्थित भाटभटेनी सुपर मार्केटमा गृह प्रवेश पुजासँगै पुननिर्माणमा खटिएका मजदुरलाई सम्मान गरिएको छ । भाटभटेनी सुपर मार्केटको सञ्चालक सावित्रा घर्ती गुरुङको उपस्थितिमा बुधबार पुजासँगै ७ सय मजदुरलाई नगदसहित सम्मान गरिएको हो ।

गत भदौं २३, २४ मा भएको जेनजी आन्दोलनका क्रममा अपराधिक मानसिकता भएकाहरुले भाटभटेनीमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए । आगजनीबाट क्षति पुगेको भाटभटेनीको पुननिर्माण सम्पन्न भएको छ । आगामी भदौं १४ गतेबाट शुभारम्भ गर्न लागिएको भाटभटेनीमा गृह प्रवेश पुजासँगै सामान भित्राउने तयारी थालिएको छ । गृह प्रवेश पुजासँगै अब नयाँ सामानहरु भित्राउने बताइएको छ ।

भाटभटेनीमा कार्यरत कर्मचारीहरुसमेत आगजनीपछि पुननिर्माणमा जुटेका थिए । स्टोर पुननिर्माणका क्रममा राती २ बजेसम्म दिनरात नभनी काम गर्ने गरिएको थियो । बिर्तामोडको स्टोरमा झापा, पूवी पहाडी जिल्ला र छिमेकी राष्ट्र भारतका पश्चिम बंगाल, सिक्किम, दार्जिलिङ, विहारका नागरिकहरु समेत सामान खरिद गर्न आउने गरेका थिए ।
झण्डै १२ महिनापछि पुनःउद्घाटनको तयारीमा रहेको भाटभटेनीले सयौंलाई रोजगारी प्रदान गरेको छ । घरासयी प्रयोजनका सबै सामाग्री निर्धारित मुल्यमा प्राप्त हुने भएपछि दैनिक उपभोक्ताको भीडभाड हुने गरेको थियो । अब, स्टोर सञ्चालनमा आएपछि त्यसैगरी उपभोक्ताको माया पाइने भाटभटेनी व्यवस्थापन पक्षले अपेक्षा गरेको छ । सबै सामानमा मुल्य लेखिएका कारण ठगिमा नपर्ने उपभोक्ताको बुझाई छ ।







प्रतिक्रिया