काठमाडौं, ५ भदौं। बुवाको निधनपछि लियोनल मेस्सीले इन्टर मियामीका लागि पहिलो गोल गरेका छन् ।
फिलाडेल्फिया युनियनविरुद्धको एमएलएसखेलमा मेस्सीले गरेको २६औँ मिनेटको यो गोल उनका बुवा जर्जको अगस्ट ८ मा भएको निधनको ११ दिनपछि गरिएको हो ।
आफ्ना बुबाको निधनपछि पहिलो गोल गर्दै लियोनेल मेसीले आकाशतर्फ औंल्याएर श्रद्धाञ्जली अर्पण गरेका थिए । बुधबार फिलाडेल्फिया युनियनविरुद्धको मेजर लिग सकर खेलमा इन्टर मियामी २–२ को बराबरीमा रोकिनु परेको थियो ।
अर्जेन्टिनी सुपरस्टारले खेलको २६औं मिनेटमा आफ्नो विशिष्ट शैलीको ‘कर्लिङ’ बायाँ खुट्टाको प्रहारमार्फत बललाई पोस्टको टाढाको कुनामा छिराउँदै मियामीलाई २–१ को अग्रता दिलाएका थिए।
मियामीको पहिलो गोलमा मेसीको महत्त्वपूर्ण भूमिका थियो । उनले बायाँतर्फबाट अघि बढेका उरुग्वेली फरवार्ड लुइस सुआरेजलाई बल उपलब्ध गराएका थिए र सुआरेजले हेडरमार्फत मिलाइ दिएको बललाई युवा अमेरिकी खेलाडी ड्यानियल पिन्टरले नजिकैबाट गोलमा परिणत गरे।
त्यसो त ३९ वर्षीय मेसी १३ गोलसहित लिगको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। उनी क्रोएसियाली खेलाडी पेटार मुसाभन्दा तीन गोलले पछाडि छन् । मुसाले बुधबार रियल साल्ट लेकविरुद्ध डलासको ४–३ को जितमा दुई गोल गरेका थिए।
आफ्ना बुबाको निधनपछि अर्जेन्टिनाबाट फर्किए यता खेलेका दुई खेलमा मियामीका यी प्रमुख खेलाडी गोल गर्न असफल भएका थिए। तर, पीताको निधन पछि पहिलो गोल गरे पछि मेस्सीको अनुहार निकै भावुक देखिएको थियो ।
‘हामी जित्नका लागि आएका थियौँ तर सफल हुन सकेनौं,’ मियामीका प्रशिक्षक गुइलेर्मो होयोसले भने, ‘हामी बराबरीको नतिजाबाट खुसी छैनौँ किनभने हामीलाई यो मन पर्दैन तर अब हामीले आराम गर्ने र अर्को खेलबारे सोच्ने प्रयास गर्नुपर्छ, जुन ७२ घण्टाभन्दा कम समयमै हुँदैछ ।’
उनले भोली अर्थात शनिबार टोरन्टो एफसीसँग हुने खेललाई लक्षित गर्दै भनेका थिए ।







प्रतिक्रिया