धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ ।
शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नेकपाबाट मन्त्री र राज्यमन्त्री बनेकाहरूलाई शपथग्रहण गराएका हुन् ।
नेकपाबाट प्रकाश रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, ओम विक्रम भाट ‘सरल’ भौतिक पूर्वाधार विकास मन्त्री र खुसीराम चौधरी आन्तरिक मामिला मन्त्री नियुक्त भएका छन् ।
त्यस्तै इन्दिरा गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी छिन् भने जानकी पौडेल कुँवरले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको शपथ ग्रहण गरेकी छिन्।







प्रतिक्रिया