बिर्तामोड । नेपालीहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापा जिल्ला कमिटीले ‘तीज विशेष अनलाइन नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ । तीजको मौलिकता र संस्कृतिलाई जोगेर्ना गर्ने उद्देश्यले विद्यार्थीहरू लक्षित यो प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष निगेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । सहभागीहरूले अनिवार्य रूपमा तीजको गीतमा आधारित कम्तीमा ४ देखि बढीमा ६ मिनेटसम्मको नृत्य भिडियो तयार गरी आयोजकको ह्वाट्सएप नम्बर (९८६१७०६२७० वा ९७४६८७६६४५) मा पठाउनुपर्नेछ । अनावश्यक तडकभडक र विकृति फैलाउने खालका प्रस्तुतिलाई प्रतियोगितामा समावेश नगरिने कमिटीले स्पष्ट पारेको छ ।
प्रथम चरणको छनोटका लागि प्राप्त भिडियोहरू अनेरास्ववियु झापाको आधिकारिक फेसबुक पेजमा पोस्ट गरिनेछ । २०८३ भदौ २४ गते बुधबारसम्म फेसबुकमा प्राप्त लाइक, कमेन्ट, सेयर र भ्युजका आधारमा उत्कृष्ट ७ जना प्रतिस्पर्धी चयन हुनेछन् ।
उत्कृष्ट ७ भित्र पर्न सफल प्रतिभाहरूले अनेरास्ववियु झापाद्वारा आयोजित प्रत्यक्ष (लाइभ) कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्नेछन् । निर्णायक मण्डलको अन्तिम निर्णयका आधारमा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार रुपैयाँ नगद पुरस्कारका साथै प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । साथै, आकर्षक सान्त्वना उपहारसहित सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।







प्रतिक्रिया