काठमाडौं, ८ भदौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिदैँछन् ।
नेकपा एमालेको नेतृत्वमा गठन भएको प्रदेश सरकारको नेतृत्व गरिरहेका थापाले सोमवार आज विश्वासको मत लिन लागेका हुन् । बागमती प्रदेशसभा, हेटौडामा अपरान्ह सपथ लिदैँछन्।
एमालेसहित नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा सरकारको नेतृत्व गर्दै विश्वासको मत लिन लागेका थापा गत भदौं ४ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा दाबी गर्दा थापाले ६३ सांसदको समर्थनमा देखाएका थिए । जसअनुसार एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको थियो । उनलाई सरकार टिकाउनका लागि कम्तिमा ५६ विश्वासकाे मत आवाश्यक पर्दछ ।
तर, आज विश्वासको मत लिने बेलामा भने बागमती प्रदेशको राजनीति फरक देखिन पुगेको छ । थापालाई समर्थन गरेको भन्दै राप्रपाका प्रदेश सांसदहरूलाइ पार्टीका केन्द्रिय कार्यालयले अनुशाषन उलङघन गरेको भन्दै निरन्तर स्पष्टीकरण र कारबाही जारी राखेकाे छ।
राप्रपाका १२ सांसद मध्ये तीन जना थापा नेतृत्वको सरकारमा मन्त्री रहेका छन् तर थापा सरकारमा रहेका राप्रपावाट मन्त्री भएकाहरू मध्ये स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिलाई अनुशाषन समितिको सिफारिसमा हिजो नै राप्रपा केन्द्रिय कार्यालयले १२ घन्टे स्पस्टीकरण सोधिसकेको छ भने यसअघि नै संसदीय दलका नेता उद्दव थापालाई केन्द्रिय अनुशाषन समितिको सिफारिसमा निलम्बन गरिसकेको जनाएको छ ।
आन्तरिक बिबाद चर्को भईरहदाँ बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले थापा सरकारको पक्षमा मतदान नगर्न ह्विप जारी गरेकी छिन भने राप्रपाले तीन मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्न बागमती प्रदेशका सभामुख र निर्वाचन आयोगमा पत्र पठाउने भएको छ।
जसका कारण थापाले विश्वासकाे मत लिने बेलामा द्दन्द बढेकाे छ ।







प्रतिक्रिया