Banner news

झापामा १८ लाखको अवैध आईफोन पाट्र्स बरामद, भित्राउनेहरु पक्राउ गर्न सशस्त्र असफल

झापामा १८ लाखको अवैध आईफोन पाट्र्स बरामद, भित्राउनेहरु पक्राउ गर्न सशस्त्र असफल


झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा इलाकाबाट सशस्त्र प्रहरी बल नेपालले भन्सार छली अवैध रूपमा ल्याइएको ठूलो परिमाणको मोबाइल पाट्र्स बरामद गरेको छ । मोवाइल पार्टस बरामद गरेपनि सशस्त्र प्रहरीले सामान भित्राउनेहरुलाई नियन्त्रणमा लिन सकेन ।

आइतवार राती सशस्त्र प्रहरी बल, नेपाल बीओपी बाहुनडाँगीबाट सशस्त्र प्रहरीको टोलीले पैदल गस्तीका क्रममा उक्त सामान नियन्त्रणमा लिएको हो ।

गस्ती टोलीलाई देखेपछि भारततर्फबाट टाउकामा बोकेर ल्याउँदै गरेका व्यक्तिहरू सामान छाडी फरार भएका थिए । त्यसपछि टोलीले नियन्त्रणमा लिई जाँच गर्दा ४ बोरामा रहेका विभिन्न किसिमका आईफोन मोबाइलका पाट्र्सहरू फेला परेको थियो । उक्त बरामद सामानको अनुमानित भन्सार मूल्य १८ लाख एक हजार रुपैयाँ रहेको छ ।

आवश्यक कानुनी कारबाहीका लागि आज बरामद सामान मेची भन्सार कार्यालय काँकरभिट्टामा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदन कुमार रसाईलीले जानकारी दिनुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares