बिर्तामोड

बिर्तामोडमा उदय परियोजना बारे छलफल

बिर्तामोडमा उदय परियोजना बारे छलफल


बिर्तामोड । साना तथा मझौला व्यवसायी महासंघ कोशी प्रदेश तथा झापा शाखाले व्यवसायी हित तथा उद्यम बिकासका लागि उदय परियोजना बारे छलफल सम्पन्न गरेको छ ।

झापा बिर्तामोडको होलिडे होम होटलमा आज सम्पन्न कार्यक्रममा उदय परियोजना अन्तर्गत कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय तथा उदय परियोजनाका कार्यक्रम विज्ञहरुले सहजीकरण गर्नु भएको थियो ।

साना तथा मझौला व्यवसायी महासंघ झापाका अध्यक्ष यज्ञराज कडरियाको अध्यक्षता तथा आर्थिक मामिला मन्त्रालयका उपसचिब खगेन्द्र सापकोटाको प्रमुख आतिथ्यता तथा मन्त्रालयका कार्यक्रम व्यवस्थापक बिमल बाँस्कोटा, साना तथा मझौला व्यवसायी महासंघ कोशी प्रदेश सचिब दिनेश भक्त श्रेष्ठ ,बिर्तामोड ७ का वडाअध्यक्ष अबिरल कृष्ण खरेल साथै उदय परियोजना ब्यवसायीक सेवा प्रमुख बिष्णु काफ्ले ,परियोजनाका प्राबिधिक सहायता प्रमुख मोहन गौतम लगायतको आतिथ्यता सम्पन्न कार्यक्रममा परियोजनाको बिस्तृत खाका ,प्राबिधिक पक्षहरु, ब्यवसायीले आफ्नो उद्यम परियोजनाका तयारी , बैंक तथा बित्तीय साझेदारहरुको बारेमा जानकारी दिएको थियो ।

३० भन्दा बढी विभिन्न क्षेत्रका साना तथा मझौला ब्यवसायीहरु, पानी उद्योग, अप्टिकल उद्योग , प्याकेजिङ उद्योग, हाते कागज उधोग, खाद्य उधोग, केमिकल उधोग लगायतका सञ्चालकको सहभागिता रहेको साना तथा मझौला ब्यवसायी महासंघका झापा सचिब अनुप सापकोटाले जानकारी दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares