मुख्य समाचार

बाढीको असर मुग्लिङसम्म, पृथ्वी राजमार्गसहित करिडोर सडक बन्द गर्न आग्रह

बाढीको असर मुग्लिङसम्म, पृथ्वी राजमार्गसहित करिडोर सडक बन्द गर्न आग्रह


काठमाडौँ । तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै तत्काल सतर्कता अपनाउन बाढी सतर्कता केन्द्रले जनाएको छ ।

बाढी पूर्वानुमान शाखाले पृथ्वी राजमार्गसहित त्यस क्षेत्रका करिडोर सडक बन्द गरी आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ ।

बाढीले रसुवा र नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ । यो क्षतिको सघन असर मुग्लिङसम्म पर्ने जनाएको छ । त्रिसुली नदी जोडिएका सबै तटीय क्षेत्र जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares