मुख्य समाचार

करिब आधा दर्जन जलविद्युत आयोजना तथा सबस्टेसनमा क्षति

करिब आधा दर्जन जलविद्युत आयोजना तथा सबस्टेसनमा क्षति


काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनामा ठूलो क्षति हुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

रसुवागढी, चिलिमे, त्रिशूली ३ ‘ए’ र ‘बी’ हब सवस्टेसन, देवीघाट जलविद्युत केन्द्र लगायतका ठूला जलविद्युत केन्द्र तथा सबस्टेसनहरूमा क्षति पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीले उत्पादन, प्रसारण र वितरण प्रणालीमा क्षति पुर्‍याएपछि सो क्षेत्रको विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीले जलविद्युत संरचनाका अतिरिक्त घर, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा समेत अपूरणीय क्षति पुर्‍याएको छ ।

प्राधिकरणले विद्युत् आपूर्ति यथाशक्य चाँडो नियमित गर्न हर सम्भव प्रयास भइरहेको जनाउँदै आपूर्ति सहज नहुन्जेल धैर्य गर्न आग्रह गरेको छ ।
साथै, बाढीको जोखिम अझै कायम रहेकाले तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न अपिल गरिएको छ ।

प्रभावित क्षेत्रमा उद्धार, राहत र बेपत्ताहरूको खोजीका लागि सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन पनि प्राधिकरणले आग्रह गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares