काठमाडौं । विपद् प्राधिकरणको बैठकले भोटेकोशी बाढीपछि जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतका लागि केन्द्रित हुने निर्णय गरेको बताए।
बैठकले उपलब्ध सबै साधन–स्रोत परिचालन गरी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको समेत बताए। हालसम्म आठ वटा हेलिकप्टर परिचालन जानकारी प्राप्त भएको बताए।
घाइते तथा बिरामीको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने विषयमा समेत बैठकमा छलफल भएको समेत बताए।
तत्काल उद्धारका लागि धुन्चे, त्रिशूलीलगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णय भएको पनि उनले बताए।
उनले सरकारले कुनै हिचकिचाहट नगरी उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न सुझाव दिएको बताए। बाढीबाट भएको धनजनको क्षतिको यकिन विवरण सार्वजनिक हुन बाँकी रहे पनि तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको बताए।
उनले भने, सरकारले कुनै हिचकिचाहट नगरीकन अगाडि बढ्नुपर्छ। कुन–कुन मन्त्रालयलाई कसरी क्रियाशील गर्ने र आवश्यक रकमको जोहो कहाँबाट गर्ने भन्ने विषयमा पक्ष–प्रतिपक्ष नभनी सबै जनताको साथमा उभिनुपर्छ।’








प्रतिक्रिया