मुख्य समाचार

एमाले जनसंगठन र स्वयंसेवकलाई उद्धारमा जुट्न ओलीको आग्रह

एमाले जनसंगठन र स्वयंसेवकलाई उद्धारमा जुट्न ओलीको आग्रह


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी रसुवास्थित भोटेकोसीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार कार्यमा जुट्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत पार्टी निकायलाई सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गर्दै उद्धारमा जुट्न आग्रह गरेका हुन् ।

रसुवाको भोटेकोसी बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको छ । अध्यक्ष ओलीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अपिल समेत गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares