हेटौंडा । रसुवा बाढीमा बगेका ६९ जनाको शव विभिन्न स्थानमा भेटिएको छ ।
बागमती प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र धमलाका अनुसार उक्त प्रदेशभित्र ४६ शब भेटिएका छन् ।
यसबाहेक गण्डकी प्रदेशको गोरख.तनहुँ खण्डबाट ९ र नवलपरासी पूर्वबाट १४ शब फेला परेको प्रहरीस्रोतले जनाएको छ । बागमती प्रदेशअन्तर्गतका जिल्लामा फेला परेका शबहरुको सनाखत हुन नसकेको एसएसपी धमलाले बताए ।








प्रतिक्रिया