काठमाण्डाै – भोटेकोशी नदीमा हिजो बिहान अचानक आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३३२ जना पुगेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा २९, चितवनमा १२१, गोरखामा २९, तनहुँमा १९, नवलपरासी पूर्वमा ७४ र नवलपरासी पश्चिममा १५ गरी ३३२ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्पर्कविहीन भएका मानिसहरूको सङ्ख्या ९१० पुगेको जनाएको छ । प्राधिकरणका अनुसार तीमध्ये ५१७ जना विदेशी नागरिक र ७२ जना सुरक्षाकर्मी हुन् ।
अहिलेसम्म ३५१ जनालाई प्रभावित ठाउँबाट उद्धार गरेको प्राधिकरणले बताएको छ ।








प्रतिक्रिया