बिर्तामोड

बिएण्डसी अस्पतालद्वारा भदौ ३१ सम्म ओपिडी निशुल्क, उपचारमा विशेष छुट

बिएण्डसी अस्पतालद्वारा भदौ ३१ सम्म ओपिडी निशुल्क, उपचारमा विशेष छुट


बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिरामीहरूको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने र उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म विशेष ओ.पी.डी. सेवा निःशुल्क गर्नुका साथै विभिन्न उपचारमा भारी छुटको घोषणा गरेको छ ।

अस्पतालले बिरामी तथा सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै जनरल सर्जरी, युरोसर्जरी, न्युरोसर्जरी, पेडियाट्रिक्स (बालरोग) र स्त्री तथा प्रसूति रोग विभागमा यो विशेष योजना लागू गरेको हो । जसअन्तर्गत स्त्री तथा प्रसूति रोग विभागमा निःशुल्क ओ.पी.डी. परामर्शका साथै सामान्य प्रसूति र सिजेरियन सेक्शनको अपरेसन थिएटर शुल्कमा ५० प्रतिशत छुट तथा अन्य स्त्रीरोग सम्बन्धी शल्यक्रियाको शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसैगरी बालरोग विभागमा निःशुल्क ओ.पी.डी. परामर्शसँगै जनरल बेड शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएको छ । त्यस्तै जनरल सर्जरी, युरोसर्जरी र न्युरोसर्जरी विभागमा आउने बिरामीहरूले निःशुल्क ओ.पी.डी. परामर्शका साथै अपरेसन थिएटर शुल्कमा २५ प्रतिशत छुट पाउने छन् ।

बिरामी तथा सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको अस्पतालका प्रमुख जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो । ‘स्वास्थ्य सेवा प्रत्येक नागरिकको सहज पहुँचमा पुग्नुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो,’ गिरीले भन्नुभयो, ‘बिरामीहरूलाई उपचारका क्रममा आर्थिक भार केही हदसम्म कम गर्दै आवश्यक स्वास्थ्य सेवा समयमै लिन प्रोत्साहित गर्न भदौ महिनाका लागि यी विशेष सुविधा ल्याएका हौं ।’ उहाँले सम्बन्धित विभागका सेवाग्राहीहरूलाई यस अवसरको अधिकतम लाभ लिनसमेत अनुरोध गर्नुभएको छ ।

विभिन्न जटिल रोगहरूको सफल उपचार र शल्यक्रिया गर्दै आएको बि एण्ड सी अस्पतालको यो सहुलियत योजना भदौ ३१ गतेसम्म मात्र लागू हुनेछ । तोकिएको अवधिभित्र अस्पतालमा सेवा लिन आउने बिरामीहरूले यी सुविधाहरू प्राप्त गर्न सक्नेछन् । समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास अस्पताल प्रशासनले लिएको छ ।

शेयर गर्नुहोस :

0
Shares