खेल

रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा

रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा


काठमाडौं। नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा प्रवेश गरेका छन्।

केहीबेरअघि चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा रवीन्द्रले न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई २९–२८ को स्कोरमा हराउँदै फाइनलमा स्थान बनाएका हुन्।

रवीन्द्रले बान्टमवेट उपाधिका लागि जापानका र्यो ताजिमासँग भिड्नेछन्। आजै भएको सेमिफाइनलमा ताजिमाले भारतका चुन्ग्रेङ कोरेनलाई युनानिमस डिसिजनबाट पराजित गर्दै फाइनलमा स्थान बनाए।

शेयर गर्नुहोस :

0
Shares