काठमाडौँ, १३ भदौ। सरकारको अनुमतिपश्चात् चिनियाँ ‘टनेल रेस्क्यु टिम’का ६ जना सदस्य माथिल्लो त्रिशूली-३ ‘बी’ मा उद्धारका लागि सक्रिय भएका छन्।
बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको प्रधानमन्त्रीका प्रेस संयोजक दीपा दाहालले जानकारी दिएकी छन्।
उनका अनुसार अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको सहमतिमा उच्च दक्ष चिनियाँ विज्ञ टोली परिचालन गरिएको हो। सरकारको अनुमतिपछि ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली कार्यक्षेत्रमा खटिएको उनले जानकारी दिइन्। चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्नेछ।
अब नेपाल र चीनको संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ।
सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका मानिसहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको जानकारी प्राप्त भएको छ।
नेपाल सरकारले अनुमतिदिए लगत्तै भारतवाट पहिलाे पटक ‘टनेल रेस्क्यु टिम’ हिजाे साँझ नेपाल पठाएकाे थियाे, चीनवाट सिधै हेलिकाेप्टरमा नेपाल पसेकाे याे टाेली दाेस्राे हाे । अन्य देशले पनि रेस्क्यु टिमलगायत उद्दार टाेली पठाउने जनाइरहेका छन । हिजाे सम्म सरकारले बिदेशी उद्दार टाेली नचाहिने जनाए पनि शनिवार देखी भने बिदेशी उद्दार टाेली प्रवेशलाइ अनुमति दिएकाे हाे ।
(प्रतिकात्मक तस्विर)








प्रतिक्रिया