बिर्तामोड

प्रेस युनियन झापाको अध्यक्षमा गौतम र राजवंशीको उम्मेदवारी, ४ बजेबाट मतदान

प्रेस युनियन झापाको अध्यक्षमा गौतम र राजवंशीको उम्मेदवारी, ४ बजेबाट मतदान


बिर्तामोड । नेपाल प्रेस युनियन झापा शाखाको नयाँ नेतृत्वको चयनका लागि आज अपरान्ह ४ बजेबाट मतदान हुने भएको छ । संशोधित निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै समितिले ४ बजेदेखि ६ बजेसम्मका लागि मतदानको समय तोकेको हो ।
प्रेस युनियन झापाको नयाँ नेतृत्वको लागि अध्यक्षमा राजेन्द्र गौतम र अर्जुन राजवंशीले मनोनयन दर्ता गरेका छन् ।

उनीहरुले हिजै दमकस्थित नेपालरिका होटलमा आयोजित अधिवेशनकै क्रममा मनोनयन दर्ता गराएका थिए । शनिवार नै मनोनयन दर्ता गरेपछि अधिवेशन आजसम्मका लागि स्थगित गरिएको थियो ।

आज १ बजे अर्जुनधारा – ६ स्थित सिके चिन्तन प्रतिष्ठानको हलमा बाँकी प्रक्रिया अघि बढाइने जनाइएको छ ।
अधिवेशन उद्घाटनका क्रममा नेताहरुले वर्तमान परिस्थितिलाई मध्यनजर गरेर सर्वसम्मत गर्न जोड दिएपनि हालसम्म सहमति जुट्न सकिरहेको छैन । प्रेस युनियनको जिल्ला नेतृत्व चयनमा स्पष्ट दुई लाइन संघर्ष देखिएको प्रतिनिधिहरुको धारणा छ ।

अध्यक्षमा सर्वसम्मत गर्ने प्रयास भइरहे पनि निर्वाचनमा जान सक्ने अनुमान प्रतिनिधिहरुले गरेका छन् । पटक–पटक निर्वाचन गरेर युनियन विभाजित बनेको भन्दै धेरैजसो प्रतिनिधिहरुले सर्वसम्मत गर्न जोड दिएका छन् । पार्टीका नेताहरुले समेत निर्वाचन गरेर जाँदा युनियनमा एकता नहुने प्रष्ट सन्देश दिए । अधिवेशन उद्घाटनका क्रममा नेताहरुले पार्टीमा समस्या भइरहेको बेला युनियनले एकताको सन्देश दिनुपर्ने सूझाव दिएका छन् ।

युनियनमा अध्यक्ष, खुल्ला उपाध्यक्ष र सहसचिवमा सहमति जुट्न सकिरहेको छैन । खुल्ला उपाध्यक्षमा इश्वर अधिकारी र विष्णु पौडेलले मनोनयदन दर्ता गरेका छन् भने सहसचिवमा केशवराज भण्डारी, तुलसी निरौला र कौशल भण्डारीले मनोनयन दर्ता गरेका छन् ।

महिला उपाध्यक्षमा शुष्मा राजवंशी, समावेशी उपाध्यक्षमा सेसेहाङ फियाक, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा देवेन्द्र प्रसाई सर्वसम्मत भइसकेका छन् । सदस्य, प्रदेश र केन्द्रीय प्रतिनिधिमा समेत आवश्यकताभन्दा धेरै उम्मेवारी परेको छ ।

प्रेस युनियन झापाको अधिवेशनमा १३४ जना प्रतिनिधि रहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares