मुख्य समाचार

किराँत राई यायोक्खा अर्जुनधाराको अध्यक्षमा सिद्धिमान राई निर्विरोध

किराँत राई यायोक्खा अर्जुनधाराको अध्यक्षमा सिद्धिमान राई निर्विरोध


शनिश्चरे । किराँत राई यायोक्खा अर्जुनधारा नगरसमितिको अध्यक्षमा सिद्धिमान राई निर्विरोध निर्वाचित भएका छन् । नगरसमितिद्वारा आइतबार अर्जुनधारा नगरपालिका –९ कटहरडाँडास्थित कार्यालयमा आयोजित ११ औं अधिवेशन तथा ३० औं वार्षिक साधारणसभाबाट सिद्धिमान निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रमिला राई र रामदल राई, सचिवमा सिंहबहादुर चाम्लिङ राई, सहसचिवहरुमा प्रेमबहादुर चाम्लिङ राई, निशा राई र कोषाध्यक्षमा लक्ष्मी राईलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरु आशा राई, सुमन राई, राजेन्द्र राई , सुमना राई र राज खालिङ चयन भएका छन् । विधान अनुसार समितिको कार्यकाल ३ वर्ष रहनेछ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक दिपीन राईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । अर्जुनधारा नगरसमितिका अध्यक्ष विजय साम्पाङ राईले कार्यक्रमको सभापतित्व गर्दै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव सिंह बहादुर चाम्लिङ राईले भवन निर्माण तर्फको आम्दानी ३४ लाख ३८ हजार ७ सय ६१ रुपैयाँ र खर्च ३३ लाख ७८ हजार ६ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

त्यस्तै, चन्द्रकला राईले कल्याणकारी बचत कोषको आयव्यय प्रस्तुत गरेका थिए । किराँत राई यायोक्खा झापा जिल्ला कार्यसमितिका अध्यक्ष गणेश बहादुर चाम्लिङ राईको प्रमुख आतिथ्यतामा संस्थालाई सहयोग पु¥याउने पवित्रा बान्तावा राईलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । सो अवसरमा डोजो प्रशिक्षणरत खेलाडीहरुले खतरा मनोरञ्जनात्मक कराँते खेल प्रदर्शन गरेका थिए ।

सचिव सिंह बहादुर राईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गणेश बहादुर राई, विशेष अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधारा नगरसमन्वय परिषदका अध्यक्ष कर्ण बहादुर तामाङ, किराँत राई यायोक्खा प्रारम्भिक समिति पूर्व सचिव एवं क्यूपेक नेपालका केन्द्रीय सचिव देवकुमार राई, यायोक्खा जिल्ला सदस्य क्याप्टेन शिवकुमार राई , नगरसमिति सल्लाहकार चन्द्रकला राई, संचारकर्मी दिपिन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य रामदल राईले राखेका थिए ।

 

शेयर गर्नुहोस :

162
Shares