बाह्रदशी

बाढी पीडित तथा घाइतेको जीवन रक्षाका लागि बाह्रदशीमा ६० जनाद्वारा रक्तदान

बाढी पीडित तथा घाइतेको जीवन रक्षाका लागि बाह्रदशीमा ६० जनाद्वारा रक्तदान


बिर्तामोड । भोटेकोशीका बाढी पीडित तथा घाइतेहरुको जीवन रक्षाका लागि झापामा रक्तदान गरिएको छ ।
नेकपा एमाले बाह्रदशी गाउँ कमिटीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा आज रक्तदान गरिएको हो ।

नेकपा एमाले बाह्रदशीले मानवीय सेवालाई उच्च प्राथमिकता दिँदै सञ्चालन गरेको कार्यक्रममा ६० जना जना रक्तदाताहरूले रक्तदान गरेको पालिका कमिटी अध्यक्ष अनिल सापकोटाले जानकारी दिए ।
उक्त रक्तदान कार्यक्रमलाई राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रदशी, बाह्रदशी जेसीस र व्यक्तिगत रुपमा विशेष सहयोग गर्नेहरुलाई आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ ।

कार्यक्रममा संविधान सभाका सदस्य हरिबहादुर राजबंशी, नेरेसो झापाका कोषाध्यक्ष ओम प्रकाश गौतम र राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रदशीका सभापति सोमनाथ बजगाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा वक्ताहरूले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता सामाजिक कार्यहरू निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए ।

शेयर गर्नुहोस :

0
Shares