Banner news

राहत वितरण तथा पुन:स्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने

राहत वितरण तथा पुन:स्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने

सर्वदलीय संयन्त्र गठनबारे छलफल काठमाडौँ, १६ भदौः सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा मङ्गलबार भोटेकोशीमा बाढीका विषयमा उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफलमा सहभागी विभिन्न दलका नेताहरू। तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौं – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको नेताहरुले बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रदेश र स्थानीय तहमा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरि राहत तथा उद्धारमा परिचालन गर्ने निर्णय भएको बताए । उनकाअनुसार बैठकले विपद्का बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याएका छन् ।

नेता पुनले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाएपनि पीडितसम्म राहत पुग्न नसकेको भन्दै राहत वितरणको विषयमा स्थानीय तहसँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड दिएको बताए । उनले विपद्को उद्धार तथा राहतमा निजी क्षेत्रलाई सुरुदेखि नै सहभागी गराउनुपर्नेमा सरकारले त्यस्तो नगराएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको समेत बताए ।

उनले जलविद्युत आयोजनामा कार्यरत मजदुर उद्धारका क्रममा सम्बन्धित कम्पनीसँग रहेका सुरुङका डिजाइन, ड्रइङ तथा प्राविधिक विशेषज्ञताको उपयोग गर्न सकिने भएपनि निजी क्षेत्रको भुमिका प्रारम्भिक चरणमा प्रभावकारी रूपमा समेटिन समेट्न नसकेको भन्दै सरकारको आलोचना समेत गरे । उनले यो विपद्को समयमा सबै राजनीतिक दलहरुबीच हातेमालो गरेर अघि बढ्ने विषयमा समझदारी भएको बताए ।

शेयर गर्नुहोस :

0
Shares