बाह्रदशी

मुक्ति समाज बाह्रदशी ६ को अध्यक्षमा बराईली

मुक्ति समाज बाह्रदशी ६ को अध्यक्षमा बराईली


बिर्तामोड । नेपाल उत्पीडित जातीय मुक्ति समाज बाह्रदशी – ६ मा वडा कमिटी गठन गरिएको छ । मंगलवार आयोजित वडा भेलाले अर्जुन बराईलीको अध्यक्षतामा वडा कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा विपना विक. , सचिवमा पवित्रा सुजी, उपसचिवमा मुकेश गजमेर, कोषाध्यक्षमा सोममाया नेपाली चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा वेनु रेग्मीढोली, केशव ठटाल, कमला दर्जी र कृष्णमाया खाती चयन भएका हुन् ।
मुक्ति समाज बाह्रदशीका अध्यक्ष मान बहादुर गदाइलीको अध्यक्षतामा भएको भेलामा मुक्ति समाजका केन्द्रीय सदस्य छविलाल विश्वकर्मा , रविन गन्दर्भ, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् बाह्रदशी ६ का इन्चार्ज मेरुन योङहाङ लगायत नेताहरुको सहभागिता रहेको थियो ।
मुक्ति समाज दलित समुदायको हक, अधिकारको निमित्ति क्रियाशिल संगठन हो ।

शेयर गर्नुहोस :

0
Shares