काठमाडौं – नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूलाई ‘राष्ट्रका दुश्मन’को संज्ञा दिएका छन्।
भदौ २४ लाई ‘देश जलाइएको दिन’को संज्ञा दिँदै रिजालले उक्त दिनका हिंसात्मक गतिविधिमा संलग्नहरू जेनजी, भ्रष्टाचारविरोधी, सुशासन पक्षधर वा ‘नेपोबेबी’ विरोधी नभएको दाबी गरेका छन्।
ुती कुनै जेन–जी थिएनन्। ती कुनै भ्रष्टाचारविरोधी थिएनन्। ती कुनै सुशासन पक्षधर थिएनन्। ती कुनै नेपोबेबी विरोधी थिएनन्। ती थिए– नेपाल राष्ट्रका दुश्मनहरू। जसले भदौ २४ मा हाम्रो धरोहर सिंहदरबार जलाए। संसद् भवन जलाए। सर्वोच्च अदालत जलाए। शीतल निवास जलाए। देशैभरि हजारौँ व्यक्तिका घर जलाए। सार्वजनिक संस्थान जलाए। सरकारी कार्यालय जलाए। व्यवसाय जलाए। लुटे उनले लेखेका छन्।

उनका अनुसार भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र शीतल निवासलगायतका राष्ट्रिय धरोहर तथा सरकारी संरचनामा आगजनी भएको थियो। देशभर हजारौँ व्यक्तिका घर, सार्वजनिक संस्थान, सरकारी कार्यालय तथा व्यवसायमा समेत आगजनी र लुटपाट भएको उनले बताएका छन्।
भदौ २३ गतेको घटनालाई ‘अकल्पनीय’ भन्दै रिजालले त्यसलाई राज्यको लापरबाही र लाचारीको पराकाष्ठा भएको टिप्पणी गरेका छन्। उनका अनुसार तत्कालीन गृहमन्त्रीले अघिल्लो साँझ नै राजीनामा दिइसकेका थिए भने प्रधानमन्त्रीले भदौ २३ गते दिउँसो २ बजे राजीनामा दिएर हेलिकोप्टरमार्फत बालुवाटार छाडेका थिए।
तर, प्रधानमन्त्रीको राजीनामापछि पनि राष्ट्रमा आगजनी नरोकिएको रिजालले भने। ुभदौ २३ को घटना अकल्पनीय थियो। राज्यको लापरबाही र लाचारीको पराकाष्टा थियो। गृहमन्त्रीले अघिल्लै साँझ राजीनामा दिइसकेका थिए। प्रधानमन्त्रीले दिउँसो २ बजे राजीनामा दिएर हेलिकोप्टर चढेर बालुवाटारबाट अज्ञातस्थलतिर लागेका थिए। तर पनि, राष्ट्र जलाउन रोकिएन। अधिकांश आगजनी प्रधानमन्त्रीको राजीनामापछि गरिएको छ,ु उनले भने।
रिजालले आन्दोलनका क्रममा सर्वसाधारणका छोराछोरीले ज्यान गुमाएको उल्लेख गर्दै अहिले सत्तामा रहेका व्यक्तिहरू त्यस घटनाका ‘लाभग्राही’ भएको आरोपसमेत लगाएका छन्। उनीहरूको आन्दोलनमा कुनै क्षति नभएको र योगदान पनि नरहेको उनको दाबी छ।
उनले भने, जनताका छोराछोरी मरेरमारिए। अहिले जो सत्तामा छन्, यी लाभग्राही हुन्। तिनको त्यस आन्दोलनमा केही क्षति भएको छैन, केही योगदान पनि छैन।
समय सधैँ एकनास नरहने भन्दै रिजालले राष्ट्रमाथि ज्यादती गर्नेहरूको अभिलेख कतै न कतै रहने बताएका छन्। ुसमय सधैँ एकनाश रहँदैन। राष्ट्रमाथि ज्यादती गर्नेहरूको अभिलेख पक्कै कहीँ न कहीँ होला। आशा गरौँ– फेरि यस्तो कहिल्यै हुने छैन,ु रिजालले भनेका छन्।








प्रतिक्रिया