बिर्तामोड । मिसन जागरण अभियानसँगै नेकपा एमाले बाह्रदशी स्थानीय तहको निर्वाचनमा होमिएको छ । स्थानीय तह निर्वाचन लक्षित एमालेले झापा जिल्लाभर अभियान सञ्चालन गरिरहेको छ । जनतासँग भेट्ने, सुझाव संकलन गर्ने र आगामी योजनाबारे साक्षात्कार गर्ने योजना अनुरुप एमालेले टोल उत्प्रेरक र वडा समन्वय समितिलाई प्रशिक्षित गर्न थालेको छ ।

आज नेकपा एमाले बाह्रदशी गाउँकमिटीले टोल उत्प्रेरक र वडा समन्वय समितिका अगुवाहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखिकरणमा मिसन जागरण अभियान र आगामी योजनाबारे अगुवाहरुसँग साक्षात्कार गरेको पालिका कमिटीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । उनका अनुसार उपस्थित अगुवा नेता कार्यकर्ताहरुसँग जनताको बिचमा पुगेर साक्षात्कार गर्ने विषयमा साक्षात्कार केन्द्रीत भएको थियो । उनीहलाई कात्तिकको पहिलो साता बुझाउने सम्पन्न गर्ने गरी एक महिने कार्ययोजना हस्तान्तरण गरिएको छ ।
वर्तमान राजनीतिक परिस्थिति, पार्टीको योजना र आगामी कार्यभारका बारेमा भएको अभिमुखिकरणमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री देवेन्द्र दाहाल, झापा जिल्लाका अध्यक्ष प्रेम गिरीले सहजीकरण गरेका थिए । यस्तै, सामाजिक सञ्जालको प्रभावकारी प्रयोगका विषयमा प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारले सहजीकरण गरेको पार्टीका अध्यक्ष सापकोटाले जानकारी दिए ।
अध्यक्ष सापकोटाले कार्यक्रम पश्चात जनताको प्रिय पार्टी बनाउनका लागि जनताबाटै आवश्यक सुझाव संकलन गर्ने योजना रहेको सुनाए । उनले पार्टी कमिटीले गरिरहेको सामाजिक एव्म राजनीतिक कार्यक्रमलाई जनताको बिचमा पुराउन आग्रह समेत गरेका छन् । उनले बाह्रदशीमा एमालेले पार्टी नेता कार्यकर्ताहरुलाई उत्पादनसँग जोड्न सामुहिक खेती गर्ने योजना अनुरुप काम अघि बढाएको जानकारी दिए ।
सोही कार्यक्रममा पार्टीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कार्ययोजनासहितको लोगो आगामी असोज १ गते सार्वजनिक गर्ने घोषणा गरिएको छ ।








प्रतिक्रिया