काठमाण्डाै – आज सुनको भाउ ताेलामा १ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनकाे भाउ २ हजार १०० ले बढेर ताेलाकाे ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएकाे थियाे ।
आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ । चाँदी तोलाको ३ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।








प्रतिक्रिया