बिर्तामोड । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीबाट रु १०० अंकित दरका १५,००,००० कित्ता हुन आउने रु. १५,००,००,००० बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने निर्णय गरेको छ ।
उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यससम्बन्धी सम्झौता पत्रमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष लाल प्रसाद सावा लिम्बुले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउन प्रतिबद्ध एक दूरदर्शी लगानी कम्पनी हो । यस कम्पनीले ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारासहित ऊर्जा, सूचना तथा प्रविधि, संचार र पर्यटन क्षेत्रसँग सम्बन्धित आयोजनाहरूमा रणनीतिक रूपमा केन्द्रित भई लगानी गर्दै आएको छ ।








प्रतिक्रिया