बिर्तामोड । झापामा आमरण अनसन बसिरहेका जेनजी घाइते विवेक दनुवारलाई काठमाडौं पठाइएको छ । उपचारका लागि काठमाडौं पठाइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार आजै जहाज मार्फत काठमाडौं पठाइएको हो ।

भदौं ३० गतेबाट विभिन्न माग राख्दै आमरण अनसन बसेका दनुवारको थप उपचारका लागि काठमाडौं पठाइएको प्रजिअ पोखरेलले जानकारी दिए । जेनजी घाइते र प्रतिनिधिहरुसँग पटक–पटकको वार्तामा पूर्ण सहमति नभएपछि तत्काललाई उपचारको व्यवस्था गर्न काठमाडौं पठाइएको हो ।
अनसन बसेका दनुवारले घाइतेको निशुल्क उपचार, शिक्षा र रोजगारीको ग्यारेन्टी हुनुपर्ने लगायतका माग राखेका थिए । उनलाई अन्य घाइतेहरुले सहयोग गरेका छन् ।








प्रतिक्रिया