बिर्तामोड

नेपाली कांग्रेस बिर्तामोडको उपसभापतिमा प्रसाईको दाबेदारी

नेपाली कांग्रेस बिर्तामोडको उपसभापतिमा प्रसाईको दाबेदारी


बिर्तामोड । झापाको बिर्तामोडमा रहेर सामाजिक एवम् राजनीतिक जीवनमा सक्रिय युवा नेता दिवाकर प्रसाईले नेतृत्वका लागि दाबी प्रस्तुत गरिरहेका छन् । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका प्रसाईले आसन्न निर्वाचनबाट बिर्तामोड नगरको उपसभापतिमा दाबी प्रस्तुत गरिरहेका छन् ।

विद्यार्थी जीवनबाट राजनीतिक एवम् सामाजिक गतिविधिमा सक्रिय उनले युवा पुस्तालाई नेतृत्वका लागि अवसर प्रदान गर्नुपर्ने धारणा राख्दै आएका छन् । पार्टीका बिर्तामोड नगर सचिव प्रसाईले जिम्मेवारीलाई थप रचनात्मक एवम् प्रभावकारी बनाउँदै जान उपसभापतिमा इच्छा व्यक्त गरेका हुन् ।

नेपाली समाजमा अब नयाँ सोच र चेतनाबाट सामाजिक जिम्मेवारी पूरा गर्ने योजनासहित उपसभापतिको लाइनमा उभ्याएका प्रसाईले बिर्तामोडमा पार्टी राजनीतिलाई एकतावद्ध र सुदृढ बनाउन धारणा राख्दै आएका छन् । उनले राजनीतिक क्षेत्र मात्र नभई समाजमा अन्य रचनात्मक गतिविधिमा समेत आफूलाई सक्रिय बनाउदै आएका छन् । आफ्नो क्षेत्रमा युवा, विद्यार्थीहरुलाई अभिभावकीय भूमिका निर्वाह गर्दै आएका उनले पार्टी निर्माणमा तल्लो तहसम्म व्यवस्थित रुपका काम गर्ने बताउँदै आएका छन् ।

शेयर गर्नुहोस :

0
Shares