मुख्य समाचार

भीषण वर्षाको जोखिम : पाँचथरका विद्यालय दुई दिन बन्द

भीषण वर्षाको जोखिम : पाँचथरका विद्यालय दुई दिन बन्द


फिदिम, ८ असोज । लगातारको वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै पाँचथरका सबै शैक्षिक संस्था दुई दिनका लागि आकस्मिक बन्द गरिएका छन्।

मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा उच्च वर्षाको प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय पाँचथरको निर्देशन अनुसार असोज ८ र ९ गते विद्यालयहरू बन्द गरिएका हुन्।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका सबै स्थानीय तहहरूलाई विद्यालय बन्द गराउन पत्राचार गरिएको थियो। सोही आधारमा फिदिम नगरपालिका र याङवरक गाउँपालिकालगायत स्थानीय तहले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

बिहीबार र शुक्रबार आकस्मिक बिदा दिइएको र शनिबार तथा आइतबार नियमित बिदा पर्ने भएकाले पाँचथरका विद्यालयहरू लगातार चार दिनसम्म बन्द रहने भएका छन्।

यसैबीच, पाँचथरमा बिहीबार साँझदेखि निरन्तर मध्यम वर्षा भइरहेको छ। हालसम्म जिल्लाभर कुनै मानवीय तथा भौतिक क्षति नभएको प्रशासनले जनाएको छ।

शेयर गर्नुहोस :

0
Shares