Banner news

बिर्तामोडमा कांग्रेस हाक्ने जिम्मा कुलप्रसाद संग्रौलालाई

बिर्तामोडमा कांग्रेस हाक्ने जिम्मा कुलप्रसाद संग्रौलालाई


बिर्तामोड । झापाको राजनीतिक एवम् व्यापारको केन्द्र बिर्तामोडमा नेपाली कांग्रेस हाक्ने जिम्मेवारी कुल प्रसाद संग्रौलाले पाएका छन् ।

आज सम्पन्न निर्वाचनबाट संग्रौलाले नेपाली कांग्रेस बिर्तामोडको सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन् । संग्रौलाले सूर्यप्रसाद कन्दङ्वालाई २९ मत अन्तरले पराजित गरेका छन् ।

कन्दङवा यसअघि पार्टीको नगर उपसभापति थिए भने वडा नं. ६ का वडाध्यक्ष समेत हुन् । संग्रौला यसअघिको कार्यकालमा वडा नं. ४ का वडाध्यक्ष थिए भने पार्टीमा यसअघि सभापतिमा पराजित भएका थिए । उनी दोस्रो पटकको निर्वाचनमा निर्वाचित हुन सफल भएका हुन् ।

यस्तै, महिला उपसभापतिमा सितादेवी चुडाल, खुल्ला उपसभापतिमा रमेश चौधरी निर्वाचित भए । सचिवमा आशिष वन २१५ मतसहित निर्वाचित भएका छन् । सहसचिवमा भने मत बराबरी भएको छ । प्रेमप्रसाद घिमिरे र राजेशबहादुर धिमालले १६१ मत ल्याएका हुन् ।

कन्दङवा र संग्रौलाबीच बुधबार सहमतिबाट नेतृत्व चयन गर्ने भनिएको थियो । तर, सहमति भाँडिएपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हो । निर्वाचनले पुराना भनिएका दलहरुमा आन्तरिक मतभेद बढेर जान्छ कि भन्ने चिन्ता थपिएको छ । मतदाताहरुले निर्वाचनबाट आएको नेतृत्वलाई स्वीकार गरी पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन् ।

शेयर गर्नुहोस :

0
Shares