Banner news

सहाराको निर्वाचन आज : खतिवडा प्यानलको संभावना बलियो

सहाराको निर्वाचन आज : खतिवडा प्यानलको संभावना बलियो


बिर्तामोड । नेपालकै ठुलो सहरकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिको नेतृत्व चयनका निर्वाचन हुदैछ । ६ जिल्लामा कार्यक्षेत्र भएको सहाराको नेतृत्व चयनका लागि ७० वटा केन्द्रमा मतदान हुदैछ ।

पटक–पटक सर्वसम्मत नेतृत्व चयन गर्दै आएको सहारामा यस पटक भने निर्वाचनबाट नेतृत्व चयन हुन गइरहेको छ । ८० वटा सेवा केन्द्र र करिव २ लाख सदस्यहरु रहेको सहारामा अध्यक्षका लागि छविलाल खतिवडा, भरत कुमार गिरी र उपेन्द्रप्रसाद ओली चुनावी प्रतिष्पर्धा गर्दैछन् ।

खतिवडा संस्थाका उपाध्यक्ष हुन भने गिरी र ओली समेत संस्थामा लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् । अध्यक्षका उम्मेदवार खतिवडाको सदस्य नं. १, गिरीको सदस्य नं. २४ र ओलीको सदस्य नं. ६० रहेको छ । उनीहरु सहारा स्थापना कालका सदस्यहरु हुन् ।

संस्थामा सुशासन, पारदर्शिता र संस्थागत हितका लागि छविलाल खतिवडालाई निर्वाचित गर्नुपर्ने अधिकांश मतदाताको धारणा छ । उपाध्यक्ष रहेका खतिवडा सर्वसम्मत अध्यक्ष हुने अवस्था हुँदा हुँदै निर्वाचनको लागि माहोल अघि बढाइएको हो । निर्वाचन हुने भएपछि सदस्यहरुको करिव २ करोड खर्च हुदैछ । ६ जिल्लाका धेरै सदस्यहरु (मतदाता) ले उम्मेदवारहरुलाई राम्रोसँग चिन्न समेत गाह्रो परेको बुझिएको छ ।
झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको सहारामा स्वस्थ्य प्रतिष्पर्धाका लागि उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

खतिवडा नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, महिला उपाध्यक्षमा पार्वता भारती गिरी, कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य छन् भने सदस्यहरुमा नारायणप्रसाद गिरी, मदनराज कटुवाल, रमेश सेडाई, शिखा खड्का र राधिका चुडाल रहेका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा डम्बरबहादुर देउजा, सदस्यहरुमा बबिता घिमिरे र सुनिल कार्की रहेका छन् ।

गिरी नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, महिला उपाध्यक्षमा खिनमाया बस्नेत (सिता), कोषाध्यक्ष भोला धिताल छन् भने सदस्यममा तीर्थराज सिग्देल, लालबहादुर गिरी, सुजन खरेल, तारा भट्टराई र रेनुका उप्रेती मैनाली रहेका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी र सदस्यहरुमा नीरजकुमार ओली र शुक्रबहादुर ताामाङ रहेका छन् ।

यता, ओली नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा टेकनाथ खनाल (टंक), महिला उपाध्यक्षमा हरिमाया सिग्देल, कोषाध्यक्ष भीमबहादुर गिरी छन् भने सदस्यहरुमा रमेश काफ्ले, भगीरथ लुइटेल, प्रेमप्रसाद अधिकारी, प्रमिला तिम्सिना, हिमादेवी प्रसाई रहेका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी र सदस्यहरुमा टीकाराम उप्रेती र भुवन कडेँल रहेका छन् ।

सहारामा हुन गइरहेको त्रिपक्षीय भिडन्तले संस्थालाई थप बलियो र सुदृढ बनाउनुपर्ने शुभेच्छुकहरुको धारणा छ । देशकै ठुलो सहकारी भएको हुँदा यो निर्वाचनमा सबैले चासो समेत व्यक्त गरिरहेका छन् । हामीले मतदातासँगको कुराकानीमा जितका लागि छविलाल खतिवडाको टिम सबैभन्दा बलियो रहेको बुझिएको छ । अन्य टिमभन्दा धेरै खतिवडा प्यानल विजयी हुने प्रक्षेपण गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares