मुख्य समाचार

पाँच हजारले सुन र ताेलामा १४५ रुपैयाँले सस्तियाे चाँदी

पाँच हजारले सुन र ताेलामा १४५ रुपैयाँले सस्तियाे चाँदी


काठमाडौं, १२ असोज । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि सोमबार प्रतितोला १४५ रुपैयाँले घटेर चार हजार ५१० रुपैयाँमा कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो । केही दिनयता सुनचाँदी दुवैको मूल्यमा गिरावट आउने क्रम जारी छ ।

शेयर गर्नुहोस :

0
Shares