अन्तराष्ट्रिय

अक्टोबर २ मा मुम्बईको शिवाजी पार्कमा ‘जेल भरौँ’ आन्दोलन गर्ने

अक्टोबर २ मा मुम्बईको शिवाजी पार्कमा ‘जेल भरौँ’ आन्दोलन गर्ने


एजेन्सी । भारतको कक्रोच जनता पार्टी (सीजेपी) ले आउँदो अक्टोबर २ देखि ‘जेल भरो’ आन्दोलन शुरू गर्ने घोषणा गरेको छ । सीजेपीका संस्थापक अभिजित दीपकेले सोमवार नयाँ आन्दोलनबारे घोषणा गर्नुभएको हो ।

अभिजीत दीपकेले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा एक पोस्टर सार्वजनिक गर्दै अक्टोबर २ मा मुम्बईको शिवाजी पार्कमा ‘जेल भरौँ’ आन्दोलन गर्ने जानकारी दिनुभएको छ । यो पोस्टमा सीजेपीका संस्थापक दीपकेले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग दोहो¥याउनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्तले आफ्नो पदबाट राजीनामा नदिएमा अक्टोबर २ देखि आन्दोलन शुरू हुने सीजेपीले यसअघि नै बताएको थियो । यद्यपि सीजेपीले मुम्बईमा विरोध प्रदर्शन गर्ने अनुमति पाएको छैन । यसमा प्रतिक्रिया जनाउँदै दीपकले नागरिकको आवाज दबाउने यस्ता प्रयासहरू स्वीकार्य नहुने बताउनुभएको थियो । कत्रोच जनता पार्टीले निर्वाचन आयोगको काम–कारबाहीप्रति प्रश्न उठाउँदै आएको छ ।

यो आन्दोलन मतदाता नामावलीसम्बन्धी निर्णय तथा मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) अभ्यासलाई लिएर निर्वाचन आयोगमाथि भइरहेको विवादका बीच हुन लागेको हो । यद्दपि आयोगले आफ्नो काम–कारबाहीमा कुनै अवरोध नरहेको बताएको छ ।

शेयर गर्नुहोस :

81
Shares