अर्जुनधारा

शनिश्चरेमा आधारभूत सिलाई कटाई तालिम

शनिश्चरेमा आधारभूत सिलाई कटाई तालिम


अर्जुनधारा । जलेश्वर सामुदायिक सिकाई केन्द्रको आयोजना र अर्जुनधारा नगरपालिकाको सहयोगमा ४ महिने आधारभूत सिलाई कटाई तालिम शनिश्चरेमा असोज ५ गतेदेखि संचालन भइरहेको छ ।

नगर क्षेत्रका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले प्रशिक्षक बेदमाया श्रेष्ठको सहजीकरणमा आधारभूत तालिम संचालन गरिएको केन्द्रकी उपाध्यक्ष देवकला प्रसाईले जानकारी दिइन् । सिकाई केन्द्रकी अध्यक्ष पुनम सुवेदीको सभापतित्वमा असोज ५ गते अर्जुनधारा नगरपालिका – ८ का वडाध्यक्ष कुमार प्रसाद उप्रेतीले तालिमको उद्घाटन गरेका थिए ।

२३ जना प्रशिक्षार्थीहरु सहभागी रहेको सो तालिम आगामी पुस महिनामा समापन गरिने संस्थाकी परिचालिका मञ्जु दाहालले जानकारी दिइन् । यसअघि केन्द्रले स्थानीय महिला लक्षित अभिमुखीकरण सम्बन्धि कार्यक्रम तथा कपडाको झोला बुनाई, फ्याकिएको प्लास्टिक संकलन गरेर घरेलु सजावटका लागि आकर्षक सामग्री निर्माण गर्ने, टपरी गास्ने जस्ता तालिमहरु प्रशिक्षण गराइसकेको बताइएको छ ।

शेयर गर्नुहोस :

54
Shares