झापा । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले पुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बन्ने अवसर पाएका छन् । समितिका अनुसार पुर्जा प्राप्त गर्ने परिवारहरू २०४७ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका थिए ।
लामो समयदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूले पहिलोपटक आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका हुन् । समितिले सार्वजनिक गरेको विवरणअनुसार वितरण गरिएको जग्गामध्ये केही आवास र केही कृषि प्रयोजनका लागि रहेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारको नीतिअनुसार जग्गाधनी पुर्जा वितरणलाई अघि बढाइएको समितिले जनाएको छ । सरकारले उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यले भूमि समस्या समाधानको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ ।








प्रतिक्रिया