काठमाडौं, १४ असोज । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। केही दिन निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ आज बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको जनाएको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला चार हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार चार २५ रुपैयाँमा किनबेच भइरहेको छ।








प्रतिक्रिया