मुख्य समाचार

देउवा पक्षको वडा अधिवेशनअघि शशांकको अपिल- सशक्त पार्टी बनाउन सबैको सक्रिय भूमिका अपरिहार्य

देउवा पक्षको वडा अधिवेशनअघि शशांकको अपिल- सशक्त पार्टी बनाउन सबैको सक्रिय भूमिका अपरिहार्य


काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले बिहीबारदेखि सुरु हुने वडा अधिवेशनमा उत्साह, जिम्मेवारी र सक्रियताका साथ सहभागी हुन आग्रह गरेका छन्।

बुधबार अपिल जारी गर्दै कोइरालाले वडा अधिवेशनलाई पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्त्वपूर्ण चरणका भएको बताए। वडा अधिवेशन नेतृत्व चयन गर्ने प्रक्रिया मात्रै नभई पार्टी संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबीचको एकता मजबुत बनाउने तथा पार्टीलाई जनताको भरोसाको पार्टीका रूपमा सशक्त बनाउने अवसरसमेत भएको उनको भनाइ छ।

व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशन सफल बनाउन कोइरालाको आग्रह छ। ‘व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशनलाई सफल बनाउन सबै साथीहरू एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दछु,’ डा. कोइरालाले भनेका छन्।

वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउँदै १५औँ महाधिवेशनलाई उत्साह, एकता र लोकतान्त्रिक अभ्यासको रूपमा सम्पन्न गर्न सबैको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ।

देशभरका कांग्रेस नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई वडा अधिवेशनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार र जिम्मेवारी निर्वाह गर्न पनि कोइरालाले अपिल गरे। ‘यस महत्त्वपूर्ण अवसरमा देशभरका सम्पूर्ण साथीहरूलाई वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार र जिम्मेवारी निर्वाह गर्न हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्।

शेयर गर्नुहोस :

0
Shares