बिर्तामोड । झापाको बिर्तामोडमा किताव मेलाको तयारी गरिएको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले चौथो संस्कमरणको मेला आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
बिर्तामोडस्थित इशा बुक सेन्टर , झापाली साहित्य समाज र साहित्य पत्रकार मञ्च बिर्तामोड झापाको संयुक्त आयोजनामा असोज १६ गतेदेखि ३० गतेसम्म बिर्तामोडमा ‘किताब मेला– २०८३’ आयोजना गरिएको किताव मेलाका संयोजक केशवप्रसाद मैनालीले जानकारी दिए ।

हरेक बर्ष आयोजना गरिदै आएको किताब मेला अन्तर्गत यस बर्ष चौथो संस्करण किताव मेला आयोजना गर्न लागिएको इशा बुक्सका सञ्चालक केशव मैनालीले जानकारी दिए । उनका अनुसार सबै पुस्ताले मेलामा सहभागिता जनाउने सकिने छ । सबै क्षेत्रका कितावहरु उपलब्ध हुने मेलामा उमेर समूहहरुका लागि समेत कितावको व्यवस्था मिलाइने उनको भनाई छ । मेलाले पठन संस्कृतिको विकासमा टेवा पुग्ने मैनाली बताउछन् । पुस्तक पढ्नेको संख्या घट्दै गएको भन्दै पठन संस्कृतिलाई प्रोत्साहन गर्न यस बर्ष पनि किताव मेला आयोजना गरिएको हो ।
किताव मेलामा लेखक सम्वाद, कविता तथा गजल बाचन, लक्की ड्र कार्यक्रमसहित मेलामा बिभिन्न बिधाका पुस्तकहरु र उमेह समुह अनुसारका पुस्तकहरु १० देखि ३० प्रतिशत छुटमा उपलब्ध हुने संयोजक मैनालीले बताए । किताव मेलामा ५ हजार बढी बिभिन्न बिधाका पुस्तकहरु पाइने बताइएको छ । मेलाको सहयोगी संस्थाका रुपमा बिर्तामोड रिडर्स क्लव र सुरुवाती कोठा नेपाल रहेका छन् ।








प्रतिक्रिया