Banner news

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, १३ असोजः प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित सङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ ’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ ’ पेस गर्नेछन् ।

शेयर गर्नुहोस :

0
Shares